Welcome, Guest Log In Sign Up  

तिथि र हाम्रा चाडपर्व

sureshby suresh
Fri Nov 5, 2010 1:11 pm NST

नयाँ वर्ष नेपाल सम्बत तथा नेवार समुदायका अन्य चाड-पर्वहरु मनाउने सवालमा बर्सेनि बिवाद हुने गरेको छ । कारण, पात्रो बनाउने ज्योतिषहरु नै नेपाल सम्वतको नयाँ वर्ष हटाउने कु-चेस्टा गर्दैछन । यो साल पनि त्यस्तै भएको छ - पात्रोबाट त नेवार समुदायले बिशेष महत्वका साथ मनाउदै आएको म्ह पूजा त गायब ! आखिर किन हरेक साल यस्तै हुन्छ? यो विषयमा एक चोटी राम्रोसँग बिचार गर्नैपर्ने समय आएको छ ।

यसो हुनुको प्रमुख कारण के हो भने पात्रो भनाउने ज्योतिषहरुलाई म्ह पूजा मनाउनु पर्दैन । त्यसैले पात्रोमा म्ह पूजा हुनु व नहुनु उनीहरुको सरोकारको विषय भएन । त्यसैले, यो पर्व नेवारहरुका लागि कति शंवेदनशील छ भन्ने कुरामा उनीहरुले कहिल्यै ध्यान दिएको देखिदैन । नेवारहरुको राष्ट्रिय संगठन 'नेवा देय दबू' ले यस म्हपूजा पर्वलाई 'नेवारहरुको एकताको पर्व' भनी घोषणा गरेको छ । नेवार समुदायका विभिन्न जात-जातिहरुको परम्परा,संस्कृति ,रहन-सहन फरक भएतापनि म्ह पूजा भने सबै नेवारहरुले एकै दिन र उस्तै प्रकारले मनाउने भएकाले पनि यसो भनिएको हो । नेवारहरुको एकताको पर्व भएकै कारण यो पर्वलाई छिन्न-भिन्न पर्ने षड्यन्त्र भएको त होइन? म्ह पूजा नै रहेन भने नेवारहरुको एकताको संस्कृति नै रहदैन ।

पात्रो बनाउने ज्योतिषहरु तिथिको मात्र पछि लागि चाड-पर्वलाई भने बेवास्ता गरेको पाइन्छ । तर , वास्तवमा तिथि र पर्व दुइ फरक कुरा हुन् , एउटै होइनन । त्यसैले तिथि छुट्दैमा पर्व पनि छुटाउनु पर्छ भन्ने छैन । तिथिमा छैन भन्दै म्ह पूजा जस्तो महान पर्वलाई छुटाउने संस्कृतिको विकाश हुँदैछ ।

म्ह पूजा भनेको परम्परादेखि चलाउदै आएको पर्व । अझ अहिले आएर नेवारहरुको एकताको पर्व स्वीकार गरिएको छ यस्तो अवस्थामा अब हामी नेवारहरु ज्योतिषहरुले निकलेको तिथिलाई स्विकार गर्ने नाममा पर्वलाई बेवास्ता गर्ने हो कि परम्परालाई निरन्तर्ता दिइ तिथिको चिन्ता नगरि पर्व मनाउने? यो हाम्रो अगाडि उभिएको एक गम्भिर प्रश्न हो ।

पञ्चाङ समितिका अध्यक्ष माधवप्रशाद भट्टराई ज्युले भन्नुभएको छ - 'सबैभन्दा ठुलो भनेको शास्त्र हो '। तर शास्त्र भन्दा ठुलो परम्परा हो । आजभोलि पञ्चाङ समितिले निकल्ने पात्रोलाई सकेसम्मा समावेशी बनाउने कसरत भएको पाइन्छ। पात्रोमा यसो लेखिएको पाइन्छ -'तिथि टुट्फुट्को सवालमा बिभिन्न समुदायहरुले आ-आफ्नो पर्व आफ्नै मौलिक परम्परा अनुसार आफूलाई सजिलो हुनेगरी मनाउन सकिन्छ । 'त्यस कारण हामी नेवारहरुले यदि पत्रोमा म्ह पूजा लोप गरिएको वा दुई दिन देखाएको भएमा त्यसतर्फ नगैकन आफ्नै परम्परा अनुसार म्ह पूजा गर्न सक्द्छौ। यो कुरा स्वयम ज्योतिषहरुकै कुरासँग पनि मेल खान्छ ।

हाम्रो चलन अनुसार लक्ष्मीपुजा , म्हपुजा र किजापूजा तीन दिन लगातर मनाउनु पर्दछ। यो वास्तवमा तीन दिन लगातार मनाइने भएकलेनै स्वन्हुति (स्वन्हु - तीन दिन ) अर्थात स्वन्ति भनिएको हो । खस ब्राह्मनले तिहार मनाउँछ्न् , हामी स्वन्ति मनाउँछौं । उनीहरुले मनाउने तिहार र हामीले मनाउने स्वन्ति एउटै होइन । तसर्थ, हामीले स्वन्ति मनाउने बेलामा खस-ब्राह्मनहरुले निकाल्ने तिथिलाई आधार बनाउनु आवश्यक छैन ।

म्हपूजा गडबड हुँदा त्यस्को भोली पल्टको किजापुजा पनि गडबड हुने देखिन्छ । किजापुजा को दिन ज्योतिषहरुले साइत पनि निकल्ने चलन छ। त्यसकारण कतिपय नेवारहरुले म्ह पूजा गडबड गरिकन भएपनि साइतमै टिका लगाउन खोज्ने प्रवृति बढ्डो छ । यसबारे केही भन्नु आवश्यक हुन्छ। हामी नेवारहरुलाई साइत हेरी किजापुजा गर्नु आवश्यक छैन । अझ भन्ने हो भने साइत भन्ने चिज आवश्यक नै छैन । साइत हेरी किजापुजा गर्ने चलन हामी नेवारहरुले खस-ब्राह्मनबाट सिकेका हौं । खसहरु किजापुजा लाई भाईटिका भन्छन। त्यसैले भाईलाई टिका मात्र लगाइदिए उनीहरुको काम सिद्धिन्छ । तर, हामी नेवारहरु भाईलाई टिका मात्र लगाइदिएर पुग्दैन; मन्द: बनाइ पूजा नै गर्नु पर्दछ। त्यसैले खसहरु भाईटिका भन्छन, हामी भाइपुजा (किजापुजा) भन्छौं । साइत त भाईटिका गर्नेहरुको लागि हो किजापुजा गर्नेका लागी होइन । नेवारहरुमा तीन दिदिबहिनी भए तिनै जना कहाँ गइ पूजा गराउनुपर्ने चलन छ् । साइत एक पटक आउँछ तर किजापुजा भने तीन चोटि गर्नु पर्ने हुन्छ ; जुन सम्भव छैन।

त्यसैले , हामीले साइतको लोभ गरी म्हपूजाको पर्सि पल्ट वा लक्ष्मीपुजाको भोली पल्ट किजापूजा मनाउनु आवश्यक छैन । हाम्रो किजापूजा लक्ष्मीपूजाको पर्सिपल्ट र म्हपुजाको भोलिपल्ट नै पर्दछ। यस कुरामा दोमन गर्नु आवश्यक छैन ।

तसर्थ , नेवार परम्परा अनुसार हामीले मनाउनु पर्ने चाड पर्व यस वर्ष यस प्रकार छन ;

कौलागाः ३० (कार्तिक २० गते/ November 6th) - लक्ष्मीपुजा
कछलाथ्वः १ (कार्तिक २१ गते/ November 7th) - म्हपुजा
कछलाथ्वः २ (कार्तिक २२ गते/ November 8th) - किजापूजा


Post a reply

More Stories Like this
ट्राफिक प्रशासनको ज्यादतिपुर्ण ब्यवहार
भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com