Welcome, Guest Log In Sign Up  

देश विकासमा युवाले महत्वपूर्ण योगदान गर्नुपर्ने

rajuby raju
Sat Mar 1, 2008 6:13 pm NST

प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाले देश विकासमा युवाले महत्वपूर्ण योगदान गर्नुपर्ने बताउनुभएको छ । सैनिक मख्यालयमा आज भएको राष्ट्रिय सेवा दलको ४३औं बार्षिकोत्सव तथा सेवा दलको ३४औं ब्याचका छात्र छात्रहरुको दीक्षान्त समारोहमा प्रधानमन्त्री कोइरालाले युवाको क्षमतालाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीको लिखित मन्तब्य भने प्रधानसेनापति रुक्कमाङगत कटुवालले पढेर सुनाउनुभएको थियो । प्रधानमन्त्री कोइरालाले युवापुस्तालाई सक्षम बनाउन शिक्षा अनुशासन र सहयोगी भावना आवश्यक भएको बताउनुभयो । सेवादलले देश भरका युवा छात्र छात्राहरुलाई अनुशासित र इमान्दार बनाउन २०२२ सालदेखि प्रत्येक वर्ष पाँच सय छात्र-छात्रालाई तालिम दिँदै आएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com