Welcome, Guest Log In Sign Up  

माओवादी चरित्रमा सुधार नआएसम्म वामपन्थी एकता र चुनावी तालमेल असम्भव

rajuby raju
Sat Mar 1, 2008 6:11 pm NST

नेकपा एमालेका नेता केपी ओलीले माओवादीको चरित्रमा सुधार नआएसम्म बामपन्थी एकता र चुनावी तालमेल असम्भव रहेको बताउनुभएको छ । नेता ओलीले चुनावका कुरा गरे पनि सत्ता कब्जा गर्ने माओवादीका कुरामा बन्दूकको भाषा रहेको आरोप लगाउनुभयो । माओवादी उग्रपन्थी र कांग्रेस यथास्थितिवादी भएकाले दुवै आचरण समय प्रतिकुल रहेको नेता ओलीको भनाइ थियो ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी काठमाडौंले आज काठमाडौंमा गरेको कार्यकर्ता भेलामा नेता ओलीले वाइसीएल क्याम्प खाली गरिनुपर्ने बताउनुभयो । उहाँले वाइसीएलको दादागिरी बढिरहेको र यसलाई माओवादी अध्यक्ष प्रचण्डले प्रोत्साहन दिइरहेको आरोप लगाउनुभयो । सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सम्पन्न आठ बुँदे सहमतिले संविधानसभा चुनाव सफल गराउन सकारात्मक प्रभाव परेको बताउनुभएको छ । सम्झौताबाट उब्जिन सक्ने समस्याबारे सजग रहनुपर्ने बताउँदै नेता ओलीले संविधानसभा चुनावमा नै ध्यान एकीकृत गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका युवा नेता योगेश भट्टराई अनेरास्ववियुका अध्यक्षँ ठाकुर गैरे लगायतले देशलाई नयाँ गति प्रदान गर्न युवा नेतृत्वको खाँचो रहेको बताउनुभएको थियो ।

संविधानसभा चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरु पनि प्रचारप्रसारमा सकृय भएका छन् । यसै क्रममा नेकपा एमालले काठमाडौंमा संविधानसभा प्रचार अभियान शुरु गरेको छ । एमाले काठमाडौंको क्षेत्र नम्बर एकमा कार्यकर्ता भेला गरी विदुर मैनालीको संयोजकत्वमा ५ सय १ सदस्यीय चुनाव प्रचारप्रसार कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै एमालेका उम्मेदवार प्रदीप नेपालले संविधानसभाको चुनावमा संविधान बनाउन सक्ने सक्षम व्यक्तिहरुलाई जिताउन आग्रह गर्नुभएको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले संविधानसभा चुनावलाई सामान्य र हल्का रुपमा नलिन आग्रह गर्नुभएको छ । गुल्मी-काठमाडौं क्षेत्रीय सम्पर्क माचले आज काठमाडौंमा गरेको उम्मेदवार परिचय कार्यक्रममा नेता ज्ञवालीले अब ४० दिनमात्र आयु रहेको राजतन्त्रले संविधानसभा चुनाव भाँड्न हदैसम्म षड्यन्त्र गर्ने भएकाले सबैलाई सचेत भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले संविधानसभा चुनावलाई कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा एमाले गुल्मी क्षेत्र नम्बर १ की उम्मेदवार मैना भण्डारी र क्षेत्र नम्बर २ का उम्मेदवार प्रदीप ज्ञवालीलगायतलाई बधाइ ज्ञापन गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले संविधानसभा चुनावलाई अवसरको रुपमा उपयोग गर्न आग्रह गर्नुभएको छ । नेकपा एमाले अछाम-काठमाडौं सम्पर्क माचले आज काठमाडौंमा आयोजना गरको कार्यक्रममा नेता रावलले संविधानसभा चुनावपछि बन्ने नयाँ संविधानले समुन्नत नेपालको मार्ग चित्र तयार गर्ने भएकाले यसलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो । संविधानसभा चुनाव संविधान बनाउन भएकाले सवै राजनीतिक दलले यसको उपयोग गर्नुपर्ने नेता रावलको भनाई थियो । देश संघीय संरचनामा जान लागेको भन्दै नेता रावलले चुनाव सफल बनाउन सबै राजनीतिक दल जिम्मेवार हुनु आवश्यक भएको बताउनुभयो । उहाँले माओवादीले सरकारसँग गरेका सम्झौता पालना नगरेको भन्दै शान्ति सम्झौता अनुरुप व्यवहार गर्न माओवादीसंग आग्रह गर्नुभयो ।


Post a reply

Recent News
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com