Welcome, Guest Log In Sign Up  

चुनाव सफल पार्न गाउँबस्ती अभियान

rajuby raju
Sat Mar 1, 2008 6:10 pm NST

नेपाल विद्यार्थी संघले संविधानसभा चुनाव सफल पार्न गाउँबस्ती जाने अभियान सुरु गरेको छ । नेविसंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी गाउँ जाऔं बस्ती जाऔं, नेपाली कांग्रेसलाई विजय गराऔं, शान्ति संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरौं भन्ने नाराका साथ यो अभियान सुरु गरिएको बताएको छ ।

अभियानका लागि संघका अध्यक्ष प्रदीप पौडेलको संयोजकत्वमा ५ हजार सदस्यीय केन्द्रीय चुनाव प्रचार-प्रसार समिति पचहत्तरै जिल्लामा जिल्ला अध्यक्षको संयोजकत्वमा ५ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति पनि गठन गरिएको छ । अध्यक्ष पौडेल महामन्त्री मनोजमणि, आचार्य गजेन्द्र कार्की, जितजंग वस्नेत र प्रतिमा गौतमले केही जिल्लामा संघकै जिम्मेवार पदाधिकारीले मर्यादा नाघेर विद्रोही उम्मेदवारी दिएकोमा फिर्ता लिन आग्रह गर्नुभयो ।

संघले चुनावी कार्यक्रम अनुसारको अवधिमा उम्मेदवारी फिर्ता नलिइए कारवाही गर्ने चेतावनी दिएको छ । संघले संविधानसभामार्फत् शिक्षामा आमूल परिवर्तन आवश्यक भएको भन्दै चुनाव निष्पक्ष र धाँधलीरहित बनाउन सचेत विद्यार्थीलाई आग्रह पनि गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com