Welcome, Guest Log In Sign Up  

लमजुङको टाप गाउँमा विजुली

rajuby raju
Tue Jan 22, 2008 2:44 pm NST

लमजुङको सदरमुकाम बेसीशहरवाट १ दिन पैदल हिंडेर पुगिने टापगाउँमा विजुली बलेपछि स्थानीयवासिन्दा निकै खुसी भएका छन् । लघु जलविद्युत आयोजनाले गाउँका ८० घरपरिवारलाई विजुलीको ब्यवस्था गरिदिएको छ ।

बन्सार गाउँ विकास समिति वडा नं ८ र ९ अन्तर्गत टाप गाउँमा विजुली बाल्नका लागि कादुरी परियोजनाले ३६ लाख ३४ हजार रुपैंया सहयोग गरेको थियो । यो परियोजना पुरा गर्नका लागि स्थानीय वासिन्दाले २ लाख ५० हजार बराबरको जनश्रमदान गरेका थिए । यो जलविद्युत आयोजना कार्तिक १५ गतेवाट शुरु भएको थियो ।

टाप गाउँमा विजुली वलेपछि सधैं टुकी बालेर चुलो चौकामा बस्न बाध्य महिलाहरुलाई पनि सजिलो भएको छ । १० किलोवाट क्षमताको टाप लघु जलविद्युत आयोजनाका प्रायोजक क्याप्टेन मनजङ्ग गुरुङले उपभोक्ता समूहलाई हस्तान्तरण गर्नुभएको छ । लमजुङ जिल्लाको अति बिकट मानिने टाप गाउँमा बिजुली निकाल्ने काम अत्यन्तै चुनौतिपूर्ण भएको परियोजना प्रबन्धक गमबहादुर गुरुङले बताउनुभयो । टापगाउँमा विजुली बाल्नका लागि तम्लिस्यो खोलावाट पाईप विछ्याईएको छ । बिजुली निकाल्न १ किलोमीटर लामो पाइप लाइन बिछ्याइएको छ । यो बिद्युत गृह टापगाउँ देखि १ किलोमीटर पर निर्माण गरिएको छ । गाउँमा विजुली आउनु स्थानीय बासिन्दाका लागि हर्षको बिषय बनेको छ । यो खुसियालीमा कालिका आमा समूह र छौंदी हिमालयन युवा क्लबले दुई दिन र दुईरात नाचगान गरे । गाउमा विजुली ल्याइदिने टाप लघु जलविद्युत आयोजनाका प्राविधिकहरुलाई समेत स्थानीय बासिन्दाले सम्मान गरेका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com