Welcome, Guest Log In Sign Up  

मुस्ताङबाट चीनको सीमामा सशस्त्र प्रहरी परिचालन सुरु

फलेवास। चीनको सिमानासँग जोडिएको मुस्ताङ जिल्लाको उत्तरी क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिनेभएको छ।  चीनविरोधी गतिविधि बढ्दै गएको भन्दै चीनले सुरक्षाको चिन्ता गरिरहेका बेला उत्तरी मुस्ताङमा सीमा सुरक्षाबल राख्ने तयारी भएको हो। मुस्ताङमा रहेका तिब्बती शरणार्थीहरुले संगठित रुपमै चीन बिरोधी गतिबिधी जारी राखेको र मुस्ताङको भूमि स्वतन्त्र तिब्बतको आन्दोलन उकास्न प्रयोग भइरहेको भन्ने चर्चा चलेको सन्दर्भमा  सशस्त्र प्रहरी परिचालन गरिन लागेको हो।  सिमानामा राखिने सुरक्षा बलका लागि अध्ययन गर्ने उद्देश्यले  पर्वतको सदरमुकाम कुस्माबजारमा रहेको चण्डिका सशस्त्र प्रहरी गणबाट बुधबार  नै त्यसतर्फ एक टोली पठाइएको  छ। प्रहरी निरीक्षक दामोदर ढोडारीको नेतृत्वमा २५ जनाको टोली त्यस तर्फ गएको छ। स्थिति अध्ययन पछि   जनशक्ति थपेर  १ सय ५० पुर्‍याउने तयारी भएको छ।   मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सीमामा सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भइरहेको बताउनुभयो। एक महिना पहिले पोखरामा भएको क्षेत्रीय सुरक्षा बैठकमा सुरक्षाका कारणले सशस्त्र प्रहरी परिचालन गर्न माग गरिएको उहाँले बताउनुभयो।  'सीमामा थप सुरक्षाबल राख्न आबश्यक छ।' प्रजिअ ढकालले भन्नुभयो–'अहिले सम्भावनाको अध्ययनका लागि टोली पठाइएको हो।' अहिलेसम्म सीमा सुरक्षाका लागि उत्तरी मुस्ताङको लोमान्थाङमा मात्रै नेपाल प्रहरीको एक चौकी रहेको छ। तिब्बतबाट लोमान्थाङ हुँदै सदरमुकाम जोमसोमसँंग सडक यातायातले जोडिन जम्मा  २२ किलोमिटर बाँकी छ।  केही समय पहिले अमेरिकी राजदूत लगायतका  कूटनीतिक व्यक्तिहरुसमेत मुस्ताङ भ्रमणमा गएका थिए।  यताचण्डिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्रीकान्त कोइरालाले भने सीमा सुरक्षा बलका लागि नभई गस्तीका लागि मात्र टोली पठाउन लागिएको  बताउनुभयो। पर्वत, बागलुङ, म्याग्दी  र मुस्ताङमा नियमित गस्ती भैरहने दाबी उहाँको छ।


More News

संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत
हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु
गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले सुरु गर्‍यो हत्याको सिलसिला
गृहमन्त्रीले उपल्लो मुस्ताङमा पुगि सुरक्षास्थितिबारे जानकारी लिए
राष्ट्रपतिको सवालमा कुनै पनि विषय संसदमा छलफल हुँदैनः कांग्रेस कार्यवाहक सभापति कोइराला
दाहाल र खनालबीच वार्ता, माओवादी लचिलो भएको संकेत
काङ्ग्रेसले गर्दै आएको दशैको चियापान यस बर्ष असोज १७ गते शनिबार
सुरक्षा योजना कडाइका साथ लागू गर्न गृहमन्त्रीको निर्देशन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com