Welcome, Guest Log In Sign Up  

गृहमन्त्रीले उपल्लो मुस्ताङमा पुगि सुरक्षास्थितिबारे जानकारी लिए

मुस्ताङ। गृहमन्त्री भीम रावलले हिमालपारिको जिल्ला मुस्ताङ र चीनको तिब्वतसँग सीमा जोडिएका स्थानहरूको सुरक्षा स्थितिबारे स्थलगत भ्रमण गरी जानकारी लिनुभएको छ।  बिहीबार बिहान हेलिकप्टरबाट उपल्लो मुस्ताङका विभिन्न स्थानहरूमा पुगेर मन्त्री रावलले मुस्ताङ र तिब्बतको सीमाक्षेत्रको स्थलगत भ्रमण गरी सुरक्षा स्थितिबारे जानकारी लिनुभएको जिल्ला प्रसाशन कार्यालय, मुस्ताङले जनाएको छ। गृहमन्त्रीको नेतृत्वमा रहेको टोलीले लोमान्थाङ र आसपासका क्षेत्रमा सुरक्षास्थितिको जानकारी लिएको छ।  मन्त्री रावलले त्यहाँ रहेका सीमा प्रहरी चौकीहरूको समस्याबारे पनि जानकारी लिनुभएको छ। मन्त्री रावलले त्यहाँ सशस्त्र प्रहरीको सीमा सुरक्षा बल स्थापना गरिने जानकारी दिनुभएको छ। मुस्ताङ र तिब्बतका सीमा क्षेत्रमा चीनविरोधी गतिविधि हुन नदिन सुरक्षा स्थिति मजबुत बनाइने बताइएको छ। भ्रमण टोलीमा विभिन्न सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी हुनुहुन्छ।


More News

संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत
हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु
गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले सुरु गर्‍यो हत्याको सिलसिला
राष्ट्रपतिको सवालमा कुनै पनि विषय संसदमा छलफल हुँदैनः कांग्रेस कार्यवाहक सभापति कोइराला
दाहाल र खनालबीच वार्ता, माओवादी लचिलो भएको संकेत
मुस्ताङबाट चीनको सीमामा सशस्त्र प्रहरी परिचालन सुरु
काङ्ग्रेसले गर्दै आएको दशैको चियापान यस बर्ष असोज १७ गते शनिबार
सुरक्षा योजना कडाइका साथ लागू गर्न गृहमन्त्रीको निर्देशन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com