Welcome, Guest Log In Sign Up  

Archives - June 2008काठमाडौंमा आदिवासी चलचित्र महोत्सव
Fri Jun 6, 2008 10:59 am NST
यस वर्षको नेपाल अन्तरराष्ट्रिय आदिवासी चलचित्र महोत्सव जुन ५ देखि काठमाडौंमा सुरु भएको छ । यस पटकको महोत्सवमा २३ स्वदेशी र २८ विदेशी गरी जम्मा ५१ वटा चलचित्र वृतचित्र र ... [more]

एमाले कार्यकर्तामाथि हमला
Fri Jun 6, 2008 4:57 pm NST
गएराति रामेछापको खिम्तीमा नेकपा माओवादीको भातृसंगठन वाईसीएलका कार्यकर्ताले एमालेका कार्यकताहरुलाई कुटपिट गरि घाइते बनाइदिएका छन् । कुटपिटमा एमालेका चन्द्रबहादुर खड्का, बलराम कडरियालगायत सात जना एमाले कार्यकर्ता घाइते भएका थिए । ... [more]

काशीनाथ तमोटलाई धर्मादित्य धर्माचार्य पुरस्कार
Sat Jun 7, 2008 6:09 pm NST
यस वर्षको धर्मादित्य धर्माचार्य पुरस्कार सहप्राध्यापक काशीनाथ तमोटलाई प्रदान गरिएको छ । भाषासेवी धर्मादित्य धर्माचार्यको १०७ औं बर्षगाँठको उपलक्ष्यमा आज उनलाई एक कार्यक्रमबीच यो पुरस्कार प्रदान गरिएको हो । नेपालभाषाको ... [more]

फेवातालमा जुलकुम्भी फाल्ने अभियान
Sat Jun 7, 2008 6:11 pm NST
फेवातालमा बढिरहेको जलकुम्भी झार फाल्न सुरु गरिएको छ । यसवर्ष तालको सिरान खपौदी फाँटबाट जलकुम्भी फाल्न सुरु गरिएको हो । जनपथ सशस्त्र प्रहरी र नेपाली सेनाका झण्डै २५० जनशक्ति जलकुम्भी ... [more]

प्रम र राष्ट्रपति मध्ये एक पद मधेसीलाई दिनुपर्ने
Sat Jun 7, 2008 9:16 pm NST
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रम र राष्ट्रपति मध्ये एक पद मधेसीलाई दिनुपर्ने बताएका छन् । आज राजधानीमा भएको एक कार्यक्रमपछि संचारकर्मीहरुसँग कुरा गर्दै यादवले यो कुरा बताएका हुन् ... [more]

कोइरालालाई राष्ट्रपतिको जिम्मेवारी दिन नहुने प्रचण्डको भनाई
Sat Jun 7, 2008 9:27 pm NST
नेकपा माओवादी अध्यक्ष प्रचण्डले प्रम गिरिजाप्रसाद कोइरालालाई उमेरका हिसावले राष्ट्रपतिको जिम्मेवारी दिन नहुने बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो कुरा बताएका हुन् । उनको भनाई ... [more]

रत्न र सरलालाई नारायणहिटीमै बस्न दिने
Sun Jun 8, 2008 9:31 pm NST
आज साँझ बसेको मन्त्रीपरिषदको बैठकले पूर्व राजा ज्ञानेन्द्रकी आमा रत्न र हजुरआमा सरलालाई उनीहरु बस्दै आएका नारायणहिटी दरबारमै हालका लागि बस्न दिने निर्णय गरेको छ। हाल रत्न महेन्द्र मञ्जिलमा बस्दै ... [more]

निर्वाचनबाट राष्ट्रपति चयन हुने
Sun Jun 8, 2008 1:42 pm NST
राष्ट्रपति चयन सर्वसम्मतबाट हुन नसके संविधानसभाभित्रको मतदानबाट राष्ट्रपति चयन गर्ने सहमति राजनैतिक पार्टीहरुले गरेका छन् । आज बिहान बसेको प्रमुख तीन दलको बैठकले यो निर्णय गरेको हो । नेपाली कांग्रेसका तर्फबाट ... [more]

आज र भोलि बारा-पर्सा बन्द
Mon Jun 9, 2008 8:38 am NST
सशस्त्र प्रहरीसँगको भीडन्तमा भएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाका बारा पर्सा इन्चार्ज 'जितेन्द्र'को मृत्यको विरोधमा मोर्चाले आज सोमवार र भोलि मंगलबार दुई दिन बारा र पर्सा बन्दको आह्वान गरेको छ ... [more]

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
Mon Jun 9, 2008 8:52 pm NST
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारि वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८० बाट १००, डिजेलको मूल्य प्रतिलिटर ५६ बाट ७०, मट्टीतेलको ... [more]



News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com