श्रृंखला खतिवडा बनिन् मिस नेपाल २०१८

मिस नेपाल २०१८ को ताज श्रृंखला खतिवडाले जितेकी छिन्। बुधबार राति काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा २५ प्रतिस्पर्धीलाई उछिन्दै श्रृंखला मिस नेपाल बनेकी हुन्।

‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?’ भन्ने प्रश्नको जवाफ दिएर श्रृंखलाले मिस नेपालको उपाधि जितेकी हुन्। उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन्।

मिस नेपाल युनिभर्स मनिता देवकोटा भइन्। मिस नेपाल अर्थ प्रया सिग्देलले जितिन। मिस नेपाल इन्टरनेशनलको ताज रोनाली अमात्यले जितिन्।

यस्तो छ ताज विजेताको नामावली :
१) ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
२) मिस फ्रेन्डसिपः साहारा लामा
३) मिस फोटोजेनिकः महिमा सिंह
४) मिस पक्चुअलः लक्ष्मी पौडेल
५) मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
६) मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
७) मिस कन्फिडेन्टः आस्था साख
८) मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
९) मिस ग्ल्यामरः मनिता देवकोटा
१०) मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
११) मिस ट्यालेन्टः रोनाली अमात्य
१२) ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल