निकिता चन्दक भइन मिस नेपाल वर्ल्ड २०१७

भर्खरै सम्पन्न मिस नेपाल प्रतियोगीतामा मिस नेपाल वर्ल्डको उपाधि निकिता चन्दकले जितेकी छिन् । यसका साथै उनले एन म्याग मिस पपुलर च्वाइस र वृज सिमेन्ट मिस कन्फिडेन्ट अवार्ड पनि जितेकी छिन् । त्यसैगरी मिस नेपाल अर्थ रोजीना श्रेष्ठ, मिस नेपाल इन्टरनेश्नल नीति शाह र मिस नेपाल एसिया प्यासेफिक इन्टरनेश्नल सहारा बस्नेतले जितेकी छिन् ।

जम्म उन्नाइस प्रतियोगी रहेको उक्त प्रतियोगीतमा हिडन ट्यालेन्ट ब्यूटि विथ परपस दृष्टि कटवाल, कलर मि ब्यूटिफुल मिस बेस्ट कम्प्लेक्सन नीति शाह, मिस एथेलेट मञ्जरी सिंह, क्रियटिभ डि मिस फोटोजेनिक अनुसा लम्साल, हेयर एण्ड शान्ति मिस बेष्ट हेयर वर्षा पोखरेल, ह्यूण्डाइ मिस फर्ेण्डशीप रोजीना श्रेष्ठ, यामाहा मिस फ्यास्सिनो नीति शाह, काठमाण्डू पोष्ट मिस इन्टेलेक्च्युअल सहारा बस्नेत, बर्जर मिस ट्यालेन्ट नम्रता गुरुंगले जितेकी छिन् ।